२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

१५ बर्षका बालक तिला नदिमा बेपत्ता

  • Ramesh kumar soni |
  • २ महिना अगाडि


९ चैत, कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आएर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदिमा बेपता भएका हुन् ।

जुविथा गाउँको सत्यदेवी माविमा ९ कक्षामा अध्ययनरत शाही शुक्रबार दिउँसो विद्यालयबाट फर्किएर माछा मार्न नदीमा गएको बेला चिप्लिएर नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।