२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मिति तय

  • Ramesh kumar soni |
  • २ महिना अगाडि

२७ ,चैत कालिकोट- नेकपा एमाले कालिकोटले २०८१ वैशाख २० गतेदेखी जेठ ९ गतेसम्म ९ वटै पालिकामा अधिवेशन सम्पन्न गर्न मिति तय गरेको छ ।
भर्खरै सम्पन्न नेकपा एमालेको ११ औँ जिल्ला अधिवेशनबाट आएको नयाँ नेतृत्वको जिल्ला कमिटिलेको पहिलो वैठकले पालिका अधिवेशन, पार्टी कार्यालय निर्माणको लागी तयारी थाल्ने र टोल कमिटि,वडा कमिटी, हुदै पालिकामा नयाँ सदस्य बनाउने, नविकरण गर्न पनी निर्देशन दिएको छ ।
पहिलो वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एमाले अध्यक्ष तुलराज मल्लको अध्यक्षतामा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सो निर्णयहरु सार्र्वजनिक गरिएको हो ।
साथै वैठकले पधाधिकारी सहित ११ सदस्यि सचिवालय गठन समेत गरेको छ । वैठकले जिल्ला कमिटि सदस्यलाई ८२ वटै वडामा जिम्मेवारी दिएको छ ।

सम्मेलनमा विभिन्न सवाल र विषयमा पत्रकारका प्रश्नमा पार्टी सचिव पुष्पराज आचार्य, अध्यक्ष मल्ल र नि वर्तमान अध्यक्ष जसीप्रसाद पाण्डेले जवाफ दिएका थिए । सम्मेलनमा उपाध्यक्ष टेकबहादुर बुढा, उपसचिव पवित्रकुमार शाही, तारा शाही, लेखा कमिटि अध्यक्ष जलशा बुढा, जिल्ला कमिटि सदस्य र पत्रकारको उपस्थितिमा भएको थियो ।