२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

संचारकर्मी पुष्पराज भट्टराईको  ‘टुल्का’ बजारमा चर्चा

  • तिला खवर |
  • २ बर्ष अगाडि


कालीकोटः संचारकर्मी पुष्पराज भट्टराईको नयाँ लोक देउडा गित ‘टुल्का’ बजारमा आएको छ । पत्रकारीता संगसंगै कलाकारीता क्षेत्रलाई पनि पेशाकै रुपमा लिएर भट्टराईले टुल्का नामक गित बजारमा ल्याएका छन् । 
कर्णाली प्रदेशको मौलिक लोक देउडालाई दृष्य मार्फत दर्शकका माझमा ल्याएका हुन् । लोक देउडा गितमा पुरानो रितिरीवाजको जर्गेना, संस्कृतिको संरक्षण, कर्णालीको सम्भावनालाई गितमा समेटिएको छ । पुष्पराज भट्टराईको शब्द रहेको गितमा कालीकोटका कलाकार महेन्द्र शाही ‘राष्कोटी’ र कल्पना विसीको आवाज रहेको छ । भने शाहीले आफै संगित भरेका छन् । 
गितको भिडियो छायांकन कालीकोट जिल्लाका विभिन्न स्थानमा गरिएको छ । गितलाई सिके नेपाल मिडिया प्रालिले बजारमा ल्याएको हो । गितको छायांकन र निर्देशन सिके नेपाल मिडिया प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेको रहेको छ भने गितमा इव्सल संज्याल र ललित विश्वकर्माको अभिनय रहेको छ । भिडियो सम्पादन सरला रोकाया न्यौपानेले गरेकी छन् भने भिडियो आमा डटकम यूट्युव च्यानलबाट बजारमा आएको छ । भट्टराईको यो चौर्थो प्रस्तुति हो ।