२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

किशोरी सँग उपाध्यक्ष कार्यक्रम प्रभाव कारि बन्दै उपाध्यक्ष सिंह

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

 

कालिकोट जिल्ला सान्नि त्रिबेणि गाउपालिकामा महिनावारी हुँदा किशाेरि विद्यालय जान नसक्ने भएपछि सान्नी त्रिवेणी गाउँपालिकाले विद्यालयमै पुगेर भेन्डीङ मेसीन दिन थालेको छ । किशोरी सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका माध्यामिक विद्यालयहरुमा महिनावारी भएको वेला कोहि पनि किशोरीहरु विद्यालय जान वाट वञ्चित नहुन भनि भेन्डीङ मेसीन वितरण गर्न थालिएको हो ।

महिनावारी भएको वेला विद्यालयमै गएर सेनेटरी प्याड पाउने भएपछि किशोरीहरु पनि खुसीका साथ विद्यालय जान थालेकी छन । महिनावारी भएको वेला विद्यालय जना नपाएकी कीशोरीहरु अहिले विद्यालयमै कार्ड मार्फत सेनेटरी प्याड पाउने भएपछि महिनावारी भएको वेला पनि विद्यालय जान सहज भएको  किशोरी हरुले बताएकी छन् ।

सान्नी त्रिवेणी गाउँपालिकाले पालिकाका सबै माध्यामिक विद्यालयमा भेन्डीङ मेसीन वितरण गर्ने कार्यक्रम अन्तर्गत आज वडा नं. ४ मा रहेको जनज्योती मावि तिकुवामा मेसीन हस्तान्तरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालले बताउनु भयकाे छ  ।  किशोरीहरुलाई विद्यालयमा नियमित गराउन र उनिहरुको स्वास्थ्य अवस्थामा पनि सुधार ल्याउन यो मेसीन हस्तान्तरण गरिएको हाे ।

हाम्रो समाजमा महिनावारी भएको वेला परिवार भन्दा अलग बस्ने र उनिहरुको आवश्यता अनुसारको खानेकुरा पनि खान नदिने परम्परागत चलन छ । यस पराम्परागत चलनको अन्त्य गर्नका लागि गाउँ समाजमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु भएका छन । पछिल्लो समय विद्यालय स्तरमा पनि यस्ता कार्यक्रमहरु हुन थालेका छन । माध्यामिक विद्यालयहरुमा अध्ययन गर्ने किशोरीहरु महिनावारी भएको वेला विद्यालय जान लजाउने, सरसफाईको लागि पनि राम्रो व्यवस्था नभएको भन्दै महिनामा करिव ५ दिन विद्यालय जना वाट बञ्चित भएको बताइन् ।

महिनावारी भएको वेला पनि किशोरीहरु विद्यालयमा नियमित गराउनका लागि र उनिहरुको स्वास्थ्य अवस्थाको राम्रो ख्याल गर्नका लागि गाउँपालिकाले किशाेरि  सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत भेन्डीङ मेसीन वितरण गर्न थालेको उपाध्यक्ष शिंहले बताउनु भयो । यस्ले गर्दा किशोरीहरु नियमित विद्यालय पनि आउने र विद्यालयमै सेनेटरी प्याड पाउने भएपछि सहज भएको किशोरीहरुको भनाई छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल, वडा नं. ४ का वडा अध्यक्ष देव नाथ योगी, शिक्षा शाखा प्रमुख मोहनविर धामी, गाउँपालिका ईन्जीजियर कमल बम विद्यार्थि शिक्षक अभिभावक लगायतको उपस्थिती रहेको पत्रकार रुकुम याेगिले जानकारी दिएका छन् ।