२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

गाउपालिका अध्यक्ष आचार्य  योजना अनुगमनमा

  • Ramesh kumar soni |
  • ३ हप्ता अगाडि

 

 
कालिकाेट पछिल्लो समय विकास निर्माण योजनाहरु अनुगमनमा पालिका अध्यक्ष आफै पुग्ने गरेका छन्। जिल्लाको शुभकालीका गाउँपलिकाका अध्यक्ष गोबिन्द्र आचार्य (अनिल) योजना अनुगमनको लागि वडावडामा आफै पुग्ने गरेका हुन्।
पालिकामा निर्माण भए गरेका आयोजनालाई प्रभावकारि कार्यन्वयन गर्न,विकासका आयोजनामा हुने अनियमितता रोक्नआफै योजना अनुगमनमा पुग्ने गरेकाे गाउँपालिका अध्यक्ष आचार्यले बताए ।  स्थानीय सरकारले लगानी गरेका योजनामा आफूहरूले निगरानी बढाएको उनको भनाइ छ। 

पालिका प्रत्यक वडाहरुमा संचालित योजनाहरुको स्थलगत अनुगमनलाई त्रिब्र गतिमा भएको ।  पालिकामा सडक,विद्यालय,खानेपानी लगाएतका विभिन्न योजनाको काम भइरहेको छ।  वर्षायाम सुरु भएसँगै असारे विकासमा निर्माण व्यवसायी लागेको भन्दै हतारमा गुणस्तरीय  काम हुने हुदा यो अनुगमनलाइ त्रिब्रता दिएको  गाउँपालिकाले जनाएको छ। विहिबारमात्र शुभकालिका गाउँपालिकाको वडा नम्बर २ मा रहेको छेलाहन्ना खानेपानी आयोजनाको अनुगमन गरिएको छ। अनुगमनका क्रममा विकासकार्य धेरै राम्रो रहेको पाइएको छ । 

पालिकाले अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति समेत सचेत हुन थालेको स्थानीय बत्ताउँछन्।  पालिका अध्यक्षले समेत गरेको अनुगमन धेरै प्रभावकारी हुने एक स्थानीयले बताए उनले भने, ‘योजनाको मात्रै नभएर समग्र अवस्थाको अनुगम गरेको भए वडामा हुने निर्माणकार्यमा सहज हुने र भ्रष्टाचार कम हुने थियो ।’प्रभावकारी काम नगर्नेलाई कारवाहीको प्रक्रिया अगाडि बढाउन सके पालिकाको समग्र विकास हुने विश्वास भएको धिर बहादुर शाहिले बताए ।