२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

नेपाली कम्युनिस्ट आन्दोलन बिलय कि बिजय : युवा नेता पलाति कान्छा

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि


नेपाली कम्युनिस्ट आन्दोलनको घटनाक्रम लाई केलाएर हेर्ने हो भने निष्कर्षको बिन्दु खोजिरहेको छ । झट्ट हेर्दा क्रान्ति सम्पन्न भएको जस्तै देखिने तर सारमा जानेहो भने थुप्रै अपुग्ताले भरिभराउ देखिन्छ । यो पुर्णताको आशा सबैले गरिरहेको तर खोजिमा मेलोमेसो नपाएको जस्तै देखिएको छ । यहि अन्योलताका कारण देशको अर्थतन्त्र र राजनीतिक संकट देखा पर्न थालेको छ । यसैको उपज महङ्गि साथै स्वतन्त्र शक्ति सल्बलाएको प्रष्ट देख्न सकिन्छ । यस्को समयमा सामाधान खोज्न सरोकार वाला जिम्मेवार निकाय र राष्ट्रिय नेतृत्वको ध्यान जान सकेन भने हिजो बिजय पछिको चिनियाँ अौधोगिक क्रान्ति र अहिलेको श्रीलंकाले भोक्नु परेको समस्या नेपालले भोक्नु पर्दैन भनेर ठोक्कुवा गर्न सक्ने अबस्था छैन । यस्को बहस पाटि पौवा चोक चोक र बिबिन्न सेमिनार हरमा प्रतक्ष वा अप्रत्यक्ष छरप्रष्ट रुपमा चलेको देखिन्छ । यस्को निकास एक नयाँ क्रान्तिको उदय नै हो भन्ने निष्कर्ष कुन बेला आउँछ र सम्पुर्ण श्रमजीवी र सचेत बर्ग एक कठ्ठा सोच र दृष्टिकोणमा परिपक्वता देखाएर नेतृत्वको उदय सँगै निचोडमा अबस्य पुग्ने देखिन्छ तर कस्ले नेतृत्व गर्ने र कतिखेर छेड्ने भन्ने कुरामा मात्र ठम्याउन गाह्राे भएको हो तर यो सत प्रतिसत नै निस्चित हो भन्ने कुरामा जोकोही बिस्वस्थ नै भएको बुझ्न सकिन्छ । यसै कुरालाई हेर्ने हो भने क्रान्ति त्राइमासिक मात्र बिजय भएको हो भन्नेमा हामी जो कोहि क्रान्तिका हिस्सेदार र क्रान्तिका हिमाइति पनि एकमतको बुझाइ राख्दछौ दुईटै पक्षले यस्लै एक ले असत्य र एकले सत्य हो भनेर बाझिने ठाउनै छैन र बाझिएको देखिन्न तर यो परिवर्तनको र क्रान्ति पुर्णताको जस कस्ले लिने होटबाजि देखिन्छ । हिजो माओवादीले सुुरु गरेको जनबादि क्रान्ति दवाउन वा सिध्याउन विभिन्न प्रपन्च रच्ने केहि कम्युनिष्ट पार्टी र काङ्ग्रेस राप्रपा आज राजा हामिले फालेर गणतन्त्र , नयाँ संबिधान र यस भित्र लिपिबद्ध सम्पूर्ण एजेन्डा हामिले गर्दा भएका हुन शान्ति हामिले गर्दा भएको हो , हामिले जङ्गल बाट ल्याएका हौ भन्ने जस्तै अर्थहिन कुरा उठाएर एक कुतर्क गर्ने अबुझ जस्तै जिद्दी गरिरहेको देख्न र सुन्न पाइन्छ । यो शान्ति को नाममा अपुर्ण क्रान्तिलाई स्थगित गर्ने बाताबरण बनाएको महसुस भएको छ । हो परिवर्तन सबैलाई आबस्यक हो र जस लिन खोज्ने हो भने राष्ट्रियता र स्वाधीनताको पक्षमा एक मत भएर लाग्नु पर्छ । सरकारमा पुगेपछि बिदेसि शक्ति सामु रुजेको बिरालो जस्तै बन्ने , विभिन्न राष्ट्रघाती सम्झौता गर्न पछि नपर्ने तर सत्ता बाहिर हुदा बित्तिकै पानी माथिको ओभानो बनेर झर्रा क्रान्तिकारी खुट्टिएर सडक तताउने खेल खेल्ने नाटक मन्चन गर्ने कमिडि कलाकार सँग प्रतिस्पर्धा गरि पछि पार्दै उछिन्दै अघि बढिरहेका छन । सरकार पाउँदा केही नचाहिने जस्तो तर सत्ता नहुदा सबै चिज आबस्यकता ठान्ने नेतृत्वको खुरापाति राजनीतिको खिसिटिउरि र बिकल्पको खोजि हुन थालेको छ । यसै कारण बैचारिक बिकेन्द्रिकरण आजको जबर्जस्त समस्याको रुपमा खडा भएको छ । क्रान्ति जब सम्पन्न हुन्छ त्यसपछि परिवर्तन शक्ति बिचको कार्यगत एकता पछिको रुपान्तरण सहितको ध्रबिकरण हुन्छ र त्यस प्रति नकारात्मक सोच राख्ने शक्तिको मात्र बिपरित ध्रबमा क्रान्तिकारी शक्ति खडा हुन्छ तर यो बिकेन्द्रिकरणले नै प्रष्ट पार्छ कि क्रान्ति सम्पन्नतामा अपुगता छ यो सम्पन्नतामा समस्या पैदा गर्न बर्ग दोस्मनको चलखेलले ठाउँ पाएर आफ्नो स्वामित्व प्रष्ट झल्किएकै कारण क्रान्ति सम्पन्नता मा समस्या छ भनेर ज‍ो कोहिले आकलन गर्न सक्छ । सरकार प्रयोग गर्ने ठाउँमा पुगेपनि सरकारले अहिले क्रान्तिकारी शक्तिलाई नै प्रयोग गरेको देखिन्छ यो बिपरित परिचालनका कारण बिजय नभएर बिलय भएको जस्तो महसुुस गर्न सकिन्छ । यसै पुष्ट्याइका कारण आज आम शुभचिन्तक र क्रान्तिकारी शक्तिमा बितिष्णा पैदा भएको र विभिन्न बिकल्पको खोजि गर्दै सुरछित स्थान जहाँ ठान्छन त्यहाँ प्रस्थान गर्ने गरि बिचलन,स्खलित र बिद्रोहको सृजना भएको छ । तर को स्खलित हो को बिचलित हो र को बिद्रोहि हो भनेर छुट्याउन कठिन भएको छ ।
1) स्खलित , बिचलन कि बिद्रोह : हामी जस्ता तमाम युवा कार्यकर्तालाई कम्युनिस्ट आन्दोलनले जन्माएर आज स्वतन्त्र भनेर हिड्नु पर्ने अबस्था सृजना भएको छ । हिजो जनयुद्धको रेखांकन गरेर हजारौ मोर्चा सफल पार्ने राम बहादुर थापा जस्ता नेतृत्व आज माओवादी शब्द बाट टाढा बसाई सरेका छन , एकता नै बल हो भनेर लाग्ने क किरण , क सिपि क बिप्लपले प्रचण्डको नेतृत्व लाई असुइकार गर्दै सरकारको गन्ध हिन बन्ने संकल्प लिएर फरक घरको निर्माण गरेका छन । हामिले बाहिर बाट हेर्दा कसैलाई मन्त्री मोह , कसैलाई नेतृत्वमा पुग्ने मोह त कसैलाई पदको मोह नै जस्तै देखिन्छ । मुक्तिका लागि मृत्युको प्रशिक्षण एका देशको कथा साबित भएको छ । आज श्रृजनशिलतामा घेराबन्दी , चेनअफ कमान्ड सेटिङ , संगठन निर्माणमा शोफान सिस्टम मिचेर दलालिकरणले सिमा नाघेका कारण बैकल्पिक मार्ग खोजि भएको हो । भने नेतृत्वमा आएको परिवार ब्यबस्थापन को समस्याका कारण कहिले अबसरबादि सँग कहिले यथास्थितिवादी सँग त कहिले प्रतिकृयाबादि सँगको साँटघाँट अपबित्र गठबन्धन जो आफू र आफ्ना ओरिपोरिका मात्र सुर्क्षित गर्न गरिने एकता अनि कार्यगत एकताले बिना निष्कर्ष , बिना शिद्धान्तका ध्रबिकरणका नाटकका पात्र माओवादी केन्द्र नै पात्र साबित भएको र मन नलागेकै बेला मुलक खत्रामुक्तको मुद्दा लोकप्रिय बनाएर बिभाजन सृजना गर्ने प्रचण्ड र हामी प्रचण्डका अनुवाइ अनि सगै निरन्तर सहयात्रा गर्दै चाहे एकता नचाहे अनएकता गर्न नचाहाने बिचका नेताहरु मध्य कस्लाई स्खलित को बिल्ला भिराउने कस्लाइ बिचलन र कस्लाई बिद्रोहि मानेर छुट्याउने जस्तोसुकै बिस्लेसकलाई पनि अष्ठ्यारो छ बादल जस्तै नेतृत्वलाई एमालेमा गएर सुर्य बोक्न गलत हो भनौ भने सुर्य हाम्रो हो भनेर मरिहत्या गरेको प्रचण्ड लगाएतको नेतृत्वको तस्बिर र प्रयास असफल भएको देखिन्छ राष्ट्रियता को एजेन्डा हेर्ने हो भने एमाले नागरिकता बिधेयक , एम सि सि र एस पिपि जस्ता देश द्रोहि एजेन्डा को बिरुद्ध मा र अहिलेको गठबन्धन हात धोएर सपोर्टमा लागेको देखिन्छ । अर्कोतिर कम्युनिस्ट बिना देश बन्दैन काङ्ग्रेसको कारण देश धरासय भयो भनेर कम्युनिस्ट क्रान्तिकारी शक्ति हो भनेर जनताकोमा जाने तर पुर्ण शक्ति मा पुगेको बेला पनि अल्पमतमा रहेको काङ्ग्रेसको पाउमा टोपी राखेर सरकार चलाउनु पर्यो तपाई बिना यो देश रहदैन भनेर प्रभु मान्ने कुन प्रजातिको कम्युनिस्टको परिचय दिने र कसरी फिजाएका सपना र भाषण हरु पुरा गर्ने अनि को मुल धारमा छ को क्रान्तिकारी को बाटो बिराएको बिचलनकारि र स्खलित भएको हो भनेर कसरी ठम्याएर छुट्याने हो ।
2) नेपाली कम्युनिस्ट आन्दोलन बिलय कि बिजय : नेपालमा कम्युनिस्ट आन्दोलन बिजय भएको हो भनेर दाबि गर्ने ठाउँ भेटिएको छैन किनकि कम्युनिस्ट आन्दोलनले काङ्ग्रेस राप्रपा र यसै सँग गासिने केही कम्युनिस्ट घटक हरुको सैद्धान्तिक र ब्याबारिक सल्यक्रिया गरे माहान जनयुद्ध छेडेर नयाँ संविधान र गणतन्त्र को स्थापना सँगै थुप्रै हक अधिकार संबिधान मा लिपिबद्ध गर्न सफल भएकै हो यो कसैले लुकाउन खोजेर पनि सम्भब छैन तर आज कार्यनयन को दिशामा अघि बढ्दा अपबित्र गठबन्धनको नामा परिबर्तनको नाममा जनयुद्धको ज मन नपराउने हिजो दबाउन खोज्ने शक्ति सँग एकताको रङ दिने हो भने त्यो रङले आफ्नो रुप दिन्छ वा फरक त्यो प्रष्ट आकलन गर्न सकिन्छ गधा धोएर कहिल्यै गाई नबन्ने कुरा ध्रुब सत्य छ त्यसैले क्रान्ति सम्पन्नताको जस अर्कोले लिने गरि स्वामित्व हस्तान्तरण जनयुद्धका एजेन्डा कार्यनयन को साँटो कम्जोर बनाउदै जाने कम्जोरिको महसुस गरेर धेरै तपाईंको लागू गर्नु तर केहि हाम्रो पनि समाबेस गर्नु भनेर सरणमा जाने खालका पछिल्ला घटना क्रमले व्यापक बितृष्णा सहित बिजय हैन माहान जनयुद्धका उपलब्धि बिलय हुँदै गएको भान हुन थालेको कारण देशमा जनस्तरबाट फरक बिद्रोह श्रीजनाको संकेत देखा पर्दै जान थालेको छ । यो उपलब्धिलाई रक्षा गर्नु नै क्रान्तिकारी र कम्युनिस्टको मुख्यकार्यभार रहेको छ ।
3) उपलब्धिको रक्षा गर्न रुपान्तरित शक्तिको आबस्यक : विभिन्न कालखण्डमा भएका परिबर्तन कारि आन्दोलनबाट आएका उपलब्धि समय र आबस्यकता अनुसार परिबर्तित आन्दोलन ले सच्याउदै ल्याएको परिस्थिति र आमूल परिबर्तन को एजेन्डा बोकेर ओज पुर्ण बलिदानिको बिचबाट सृजित माहान जनयुद्ध र।यस्का उपलब्धिलाई रक्षा गर्दै अहिलेको समय अनुकुल कार्यनयनमा जोट दिन रुपान्तरित शक्ति को नै आबस्यक रहेको छ । यस्को रक्षा क्रान्तिकारी भित्रको ध्रबिकरण र सकरात्मक सोचको बिकासले भरिपुर्ण परिबर्तनको खोजिमा रहेको नयाँ पुस्तालाई एक नयाँ बहस को थालनि गरि एजेन्डामा एकरुपता नै आजको आबस्यकता र समयको माग हो । एजेन्डा र चाहानामा एकरुपता क्रान्तिकारी शक्तिमा एकता नै आजको आबस्यकता हो । मान्छे मनोकाङ्छा , ब्याक्तिबादि चरित्रबाट लिप्त जब हुन्छ त्यो नेतृत्व लाएक हुन्न र त्यो सोच सहित नेतृत्वमा पुग्ने हो भने मुलुक कहिल्यै सफल हुन सक्दैन । यो अबस्थाबाट माथि उक्लिन सके मात्र सफलताको बिन्दुमा पुग्न सफल भईन्छ ।
सामान्य टिप्पणी एक क्रान्ति र हिजो बगेको रगत र पसिना अनि त्यस्ले हाँसिल गरेको उपलब्धिको रक्षाको खोजि नै हो । हामी खोजिमा रहेका शक्ति र साथ र सपोर्टको पर्खाईमा रहेका शक्ति को ध्रुबिकरणले नै सहि परिणाम दिन्छ र यो भन्दा बैचारिक बिपरित्वको बिचमा तालमेलले केही क्षण त सरकारको आनन्द देला तर पक्कै पनि दृघकालिन रुपमा सामाधान दिदैन र यस्को बिकल्पनै न्यायपुर्ण हुन्छ ।