२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

उच्च अदालतमा मत गणना हुदा फेरि पनि रजबहादुर मल्लकाे जित

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–७ का वडाध्यक्षमा बुधवार पुन मत गणना हुँदा एक मतको अन्तरले फेरी पनि नेकपा एमालेका उम्मेद्वार रजबहादुर मल्ल बिजयी हुनु भएको छ ।

वडाध्यक्षका प्रत्यासी माओवादी केन्द्रबाट उम्मेदवार दिपक कार्कीले २०७४ जेठ ५ गते भएको मत गणना चित्त नबुझेको भन्दै उच्च अदालतमा जुम्लामा उजुरी दिएका थिए ।

जिल्ला अदालत कालीकोटले सोही मत गणनालाई सदर गर्ने फैसला गरेपनि उच्च अदालतले पुन मत गणना गर्नु भनि फैसला सुनाएपछि उच्च अदालत जुम्लामा आज मतगणना भएको हो।

कुल खसेको २ सय ९६ मतमा रजबहादुर मल्लले १ सय ४२ मत प्राप्त गरि विजयी हुनु भएको छ,भने उहाँका निकट प्रतिद्धन्दी दिपक कार्कीले १ सय ४१ मत पाउनु भएको जिल्ला निर्बाचन कार्यालय कालीकोटका प्रमुख धनबहादुर मल्लले जानकारी दिनुभयो छ ।

उहाँका अनुसार १३ मत बदर भएका छन । यस्तै पुन मत गणनामा दलित महिला तर्फका एमाले उम्मेदवार कुजी विकले पहिले पाएको मत भन्दा एक मत बढाएर १ सय ३८ मत प्राप्त गर्नु भएको छ। भने माओवादि केन्द्रकी उम्मेदवार दाना विकले १ सय ३५ मत प्राप्त गर्नु भएको बताइएको छ ।