२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

बाल बिबाह न्यूनीकरण सम्वन्धि अभियान निरर्न्तर सुरू

  • तिला खवर |
  • एक बर्ष अगाडि

कालिकोट जिल्लालाई बाल बिबाह मुक्त जिल्ला घाेषणा गर्न  बाल बिबाह न्यूनीकरण सम्बन्धि बृहत् अन्तर्तकृया कार्यक्रम सुरू भएकाे छ । 
बाल बिबाह सामाजिक तथा कानुनी अपराध हाे भन्ने मुल नाराकाे साथ बाल बिवाह न्यूनीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा सराेकारवालाकाे भुमिका बिषयक बृहत् अन्तर्कृया कार्यक्रम मान्ममा सुरू भएकाे छ।  उक्त कार्यक्रममा कालिकोट जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख , उपप्रमुख , प्रमुख प्रसासकिय अधिकृत , विषयगत शाखाका प्रमुख , छिमेकी जिल्ला दैलेख अाठविस नगरपालिका तथा जिल्ला स्थित सरकारि तथा गैरसरकारी कार्यलयकाे सहभागिता रहेकाे छ । 
कालिकोट जिल्लामा व्याप्त बालविवाहकाे बर्तमान अवस्था ,चुनैति र अागामि कार्यदिशा सम्वन्धि जानकारी गर्ने ,बालविवाह सम्वन्धि  राष्ट्रिय तथा अन्तरास्ट्रिय कानुनी प्रावधान र प्रभावकारिता कार्यन्वयनका लागि स्थानीय तह तथा नागरिक समाजकाे भुमिकाका बारे बुझाईका एकरूपता ल्याउने र कालिकोट जिल्ला लाई बालविवाह निशेधित जिल्ला बनाउनका लागि अागामि रणनीति तय गर्दै स्थानीय तहका प्रमुख तथा सराेकारवाला मार्फत साझा प्रतिबद्वता तयार गर्ने उदेश्यका साथ नेपाल पत्रकार महासघ कालिकोटको अायाेजना तथा जिल्लामा स्थित कृयासिल विकासि सघ सस्थाहरू ( सेभ द चिल्ड्रेन , प्लान ईन्टरनेश्नल नेपाल , किडाक नेपाल , हुरेन्डेक नेपाल , फेडाे नेपाल कालिकोट , सादा नेपाल , अाई एन एफ नेपाल , स्याक नेपाल ,साेसेक ) काे सहयाेग तथा समन्वयमा अायाेजना गरिएकाे मुल अायाेजक कमिटीका सदस्य शिवशङकर उपाध्यायले तिला खवर डटकमलाई जानकारी दिनुभएकाे छ । 
कार्यक्रम अाजै समापन हुने जानकारी दिनु भएकाे छ ।