२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

इन्सेक द्वारा मानवअधिकार बर्ष पुस्तक समीक्षा कार्यक्रम

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

इन्सेकद्धारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समिक्षा कार्यक्रम आज कालिकोट जिल्लाको सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।
सन २०२१ जनावरी देखि डिसेम्वर सम्म यस जिल्लामा घटेका घटनाहरु मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन हुनु पुर्व सत्य तथ्य बनाउने उदेश्यकासाथ इन्सेक कालिकोटको  आयोजनामा वार्षीक पूर्व समिक्षा कार्यक्रम राखिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले जिल्लामा राज्यपक्षबाट घटेक गिरफ्तारका घटना तिन,अन्य पक्षबाट धम्कीको घटना एक,महिला विरुद्ध हुने घटनामा हत्या दुइ बलात्कारका आठ बोक्सीको आरोपमा कुटपिट एक घरेलु हिंसाका पाँच र एक जातीय भेदभाव गरि जम्मा २० वटा घटना सार्वजनिक गर्नु भएको थियो ।  
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, राजनीति दलको तर्फबाट एमाले कालिकोटका सचिव तुलाराज मल्ल र नेपाली कागे्रस प्रतिनिधि एवम जिल्ला बार एसासिएसनका दमनराज बमले मानवअधिकार वर्ष पुस्तकलाई अँझ सत्य,तथ्य र निश्पक्ष वनाउन इन्सेक प्रतिनिधिले थप मिहिनेत गर्नु पर्नेमा जोड दिनु भयो । उहाँहरुले पीडितलाई राहत,न्याय र पीडकलाई दण्डित वनाउन मानव अधिकार बर्षले महत्वपूर्ण भूमिका खेलेको वताउनु भयो ।
यस्तै प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले कतिपय घटनाहरु अध्यावधी गर्न पर्ने भएकाले सरोकारवाला कार्यालयमा जानु पर्ने बताउनु भयो ।