२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

रास्काेटकाे नाम चिनाउन सफल खेलाडि लाई नगद पुरुस्कार सहित सम्मान

  • तिला खवर |
  • एक बर्ष अगाडि

कालिकोटको रास्कोटमा जन्मेर  कालिकोट रास्काेट नगरपालिकामा खेल क्षेत्रका माध्यमबाट रास्कोटलाइ रास्ट्रमा चिनाएको भन्दै  नगरपालिकाले खेलाडीलाइ नगद पुरुस्कार सहित सम्मान गरेको छ । रास्कोट नगरपालिका वडानं ६ मा जन्मएकि  भावना फर्साल अघिल्लो महिना काठमाण्डौमा सम्पन्न राष्ट्रिय  खेलमा दौड तर्फ ४००र ८०० मिटर दौडमा प्रथम स्थान हासिल गर्न सफल भएको भन्दै नगद १० हजार पुरूस्कार सहित नगर प्रमुख धर्मराज शाहीले सम्मान गर्नु भएको छ । त्यस्तै खेल क्षेत्रमै कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा जेप्लिङथाेराेमा प्रथम भएका पदम शाही र प्रदेशको २ सयमिटर दौडमा प्रथम भएकि मालता शाहीलाइ ५/५ हजार राशीको पुरूस्कार सहित  सम्मान गरिएको हो । नगरपालिकाकाे हलमा  कार्यक्रमको आयोजना गरि नगरका खेल प्रशिक्षक जीवन शाहीलाइ पनि खेल क्षेत्रबाट रास्कोटको शिर उचो राखेको भन्दै सम्मान गरिएको हो । सम्मान कार्यक्रममा नगर प्रमुख धर्मराज शाही,पाेषण  कार्यकारी जवानसिह बम , विषयगत साखाका प्रमुख हरु, राजनितिक दलका प्रमुख प्रतनिधिहरू लगाएतको कार्यक्रममा  सहभागिता रहेको थियो ।