२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

टाईफाईड विरुद्धको खोप खाँडाचक्र नगरपालिकाबाट शुभारम्भ

  • तिला खवर |
  • २ बर्ष अगाडि


कालिकोट–  टाईफाईड विरुद्धको खोप खाँडाचक्र नगरपालिकाबाट शुभारम्भ गरिएको छ ।
देशै भर संचालन हुने खोप अभियान शुक्रवार कालिकोटको खाँडाचक्र नगरपालिकाको महादेव माध्यामिक विद्यालयबाट शुभारम्भ गरिएको हो ।
१५ महिना देखी १५ वर्ष सम्मका बालवालिकाहरु लाई लागी लगाइने खोपको खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही र प्रमुख जिल्ला अधिकारीको उपस्थीतीमा विद्यालयका बालवालिकालाई लगाएर खोप अभियान सुरु गरिएको थियो ।
खोप जिल्ला स्वास्थ्यका प्रमोद शाहीद्धारा बालमन्दिकी १० वर्षीय एक छात्रबाट सुरु गरिउको छ ।

खोप शुभारम्भ  कार्यक्रममा  नि.स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नविर सुनार, जनस्वास्थ्य अधिकृत कटक महत लगायतका पत्रकार शिक्षकहरुको सहभागितामा खोप अभियान संचालन गरिएको थियो ।
१२ हजार भाइल खोप कालिकोट पुगिसकेको र ६१ हजार बालवालिकालाई खोप लगाउने लक्ष्यरहेको डाक्टर सुनारले बताएका छन ।