२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

गैरसरकारी संस्था संगकाे समन्वय बैठक शुभकालिका गाउँपालिकामा सम्पन्न

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि

 खडानन्द अधिकारी 
जिल्लाकाे शुभकालिका गाउँपालिकामा गैरसरकारी संस्थाहरू संगकाे समन्वय बैठक सकिएको छ । २०७९/०८०मा संस्थाले गरेका कामको समिक्षा गर्ने र २०८०/०८१मा संस्थाले गर्नेकाम तथा वजेटकाे बारेमा जानकारी गराउने उदेश्यले बैठकको आयाेजना गरिएको हाे ।
शुभकालिका गाउँपालिकामा विभिन्न संस्थालाई भित्राउन तथा संस्थाहरूलाई सहज रूपमा काम गर्ने वातावरण सृजना गर्न गाउँपालिकामा एन जि आे डेक्स स्थापना गरिने भएको छ । 
शुभकालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर शाहीकाे अध्यक्षता पालिका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे प्रमुख आथित्यता,र उपाध्यक्ष धर्मकला शाहीकाे विषेश आथित्यतामा भएको कार्यक्रम आफ्नो भनाइ राख्दै शुभकालिका गाउँपालिकाका अध्यक्ष गाेविन्द प्रसाद आचार्यले संघसंस्था हरूले गरेका काम हरू उदाहरणीय भएको बताउदै गैरसरकारी संस्था आफ्नो पालिकामा टिकाउन आफ्नो पालिकाले नियमानुसार हुने सबै सहयोग गर्न आफुर आफ्नो पालिका तयार रहेको बताउनु भयो । अध्यक्ष आचार्यले गैरसरकारी संस्थाहरूमा सुशासनकाे कार्यपनि राम्रो भएको बाताउनु भयाे 
कार्यक्रमका विषेश अतिथि शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले महिला,पछाडि परेको वर्गकाे उत्थानकाे लागि शुभकालिका गाउँपालिकामा महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनु भयाे साथै उपाध्यक्ष शाहीले आगमि दिनहरूमा पनि यस्तै   उदाहरणीय कार्य प्रति आफू खुसि भएको बताउनु भयाे । उहाँले पुर्वधार निर्माणमा पनि संस्थाहरू महत्त्वपूर्ण भुमिका खेलेकाले आमिदिन हरूमा संस्थालाई चाहिने साझेदारी बजेट आवश्यकता परेमा गाउँपालिका सरका वजेट छुट्टाउन तयार भएको बताउनु भयो । 
कार्यक्रममा सहभागी मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले संघसंस्थाहरू सरकारकाे सहयोगिकाे भुमिका निर्वाह तथा गरिव तथा निमुखा बर्गकाे उत्थानकाे  हितमा भएकाले संघसंस्था तथा संघसंस्थाले गर्ने काम लाई सकारात्मकरूपमा सबैले बुझ्नुपर्ने बताउनु भयो । अध्यक्ष शाही संस्थाले गरेका राम्रो कामकाे लागि प्रसंसा गर्नु पर्ने र नराम्रो कामलाई स्थानीय सरकार नियमानुसार सजाए गर्नु पर्ने बताउदै । हुरेन्डेक नेपाल कालिकोटकाे अध्यक्ष तथा आफू शुभकालिकाकै स्थानीय भएकोले आउने कार्यक्रमहरू शुभकालिकामा लागू गर्न रातदिन नभनि लागि पर्ने बताउनु भयाे । उहाले आफू एउटा समाजिक व्याक्ति भएकोले समाज रूपान्तरणको यात्रामा आफ्नो यात्रा जीवन रहुनजेल जारी रहने बताउनु भयो । कार्यक्रममा मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका प्रमुख तथा प्रतिनिधि ,कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) प्रमुख प्रतिनिधि , (एल.आई.एस.पि,) एम.डि आई नेपाल लगाएत पालिकामा कार्यक्रम संचालन गरिरहेका संघसंस्थाहरूकाे सहभागीता रहेकाे शुभकालिका गाउँपालिकाका याेजना शाखा प्रमुख दुर्ग प्रसाद आचार्यले बताउनु भयो ।