२०८१ कार्तिक २८, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

गाउपालिकामा याेजना अनुगमन गर्दै उपाध्यक्ष शाहि 

  • Ramesh kumar soni |
  • ५ महिना अगाडि


 

कालीकाेट: जिल्लाकाे शुभकालीका गाउपालिकाले गाउँपालिका भित्र संचालनमा आएका विकास निर्माणका याेजनाहरुकाे अनुगमन थालेकाे छ।
पालिकाले आर्थिक बर्ष २०८०/०८१ मा संचालित याेजनाकाे अनुगमनलाई तिब्रता दिएकाे छ । ठेकेदार कम्पनीले र उपभोक्ता समितिले दिएको समय सिमा भित्र काम गरेकाे तथा भए-नभएको हेर्न अनुगमन थालिएको अनुगमन समितिकी संयाेजक एव गाउपालिकाकी उपाध्यक्ष धर्मकला शाहीले बताएकी छिन्। विकास निर्माणका कामकाे ठेक्का लिने, उपभोक्ता समितिमार्फत गर्न लगाउने तर समयमै काम सम्पन्न नगर्ने गरेकाले विकास याेजना कतिपय ठाउँमा अलपत्र अवस्थामा छन्।
विकास याेजनाकाे काम ताेकिएकाे समयमा नै सम्पन्न हाेस् भनेर सम्बन्धित निकायले बेलाबेलामा अनुगमन गर्नुपर्ने शाहीले बताएकी छन् । उनले सम्पन्न याेजनाकाे भुक्तानी दिन सहज हाेस् नागरिकले पनि याेजना निर्माणमा पालिकाकाे सक्रियता बुझुन् भनेर प्राबिधिक टाेलि सहित आफू अनुगमनमा लागेकाे बताईन् । शुभकालिका गाउपालिका वडा नम्बर १ देखि ८ वटै वडामा संचालित याेजनाकाे अनुगमन गरिएकाे उपाध्यक्ष शाहीकाे भनाई छ । याेजना अनुगमनमा वडा नं ८ का वडाध्यक्ष दिपराज महतारा, प्रमुख प्रशासकिय अधिकृत केन्द्र ब.शाही, आर्थिक तथा लेखाशाखा प्रमुख कृष्ण राेकाया, गाउँपालिका ईन्जिनियर नरेन्द्र प्रशाद चौलागाईं, (LISP)का ईन्जिनियर बिक्रम कडेल, वडा प्राविधिक धिरेन्द्र शाही,  गाउपालिकाका कर्मचारी गाेपि तिमिलसेना अनुगमन गरिएकाे बताए ।